← बुसान · आवास
बुसानमा कोठा खोज्दै — 월세 vs 고시원, डिपोजिट (보증금) कति चाहिन्छ?
नमस्ते साथी हो। काम बदलेर बुसान (부산) सरेँ। एक्लै बस्ने सस्तो कोठा खोज्दैछु। 고시원 (गोसिवोन) मा डिपोजिट नलाग्ने रे तर सानो हुन्छ। 월세 (मासिक भाडा) लिँदा 보증금 (डिपोजिट) धेरै माग्छन्। कम्तीमा कति वोन जोगाउनुपर्छ? दलाल (부동산) बिना सिधै मालिकसँग कुरा गर्न मिल्छ? कसैको अनुभव?
जवाफहरू (3)
-
고시원 सजिलो, डिपोजिट चाहिँदैन, महिना ३०-४० मान वोन। नयाँ आउँदा यही ठीक प्रबिन भाइ।
-
월세 लिए 보증금 ५०० मान देखि माथि माग्छन्। 부동산 मार्फत लिँदा सुरक्षित, सिधै नगर्नू।
-
Peterpan/직방 एपमा कोठा हेर्न सकिन्छ। कागज (계약서) कोरियनमा हुन्छ, बुझेर मात्र साइन गर्नू।